दीपक मनाङेमाथि २ दिनको म्याद थप, उनीेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ
काठमाडौं, माघ १० । गण्डकी प्रदेशसभा (सांसद) सदस्य दीपक मनाङेमाथि थप अनुसन्धान गर्न २ दिनको म्याद थप भएको छ ।नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा सांसद मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।
मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।
मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र ठगीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर नहुने र झापडमै हान्नुपर्ने बताएका थिए ।
यसैबीच ठगी मुद्दामा प्रहरीले मिलन गुरुङलाई पनि पक्राउ गरेको छ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्