आफ्नै बिहेको निम्तो बाँड्न गएकी रमितालाई उडायो टिपरले , प्रेमीले लेखे– नभुलेस् बूढी, म नि छिट्टै आउँछु !
काठमाडौं , माघ १० । बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोला स्थायी घर भई कञ्चनपुरको महेन्द्रनगर बस्दै आएकी रमिता भट्टको यही माघ १३ गते बैतडीकै प्रकाश टेरसँग विवाह हुँदै थियो ।प्रकाश नेपाली सेनामा कार्यरत छन्, रमिता महेन्द्रनगरस्थित डेरामा बस्थिन् ।
ब्राह्मण परिवारकी छोरी रमितालाई क्षेत्री परिवारका प्रकाशले एक वर्षअघि नै भगाएका थिए, यद्यपि उनीहरूको विवाह भने भएको थिएन । विहेका लागि यही माघ १३ गतेको साइत जुरेको थियो ।
आफ्ना साथीभाइलाई कार्ड बाँड्नका लागि बजारमा साइकलमा हिँडिरहेका बेला बिहीवार महेन्द्रनगर बजारमा टिप्परले ठक्कर दियो । रमिताको घटनास्थलमै मृत्यु भयो ।
आफ्नो जिन्दगीको नयाँ अध्याय शुरू गर्न नपाउँदै रमिताले संसार छाडिन् । आफैंले बाँडेका कार्डका निम्तालुलाई विवाह समारोहमा सहभागी हुने अवसर दिन पनि पाइनन् ।रमिताले छाडेर गएपछि प्रकाश भावविह्वल छन् । उनले फेसबूकमा मर्मस्पर्शी स्टाटस लेखेका छन् ।
प्रकाशले लेखेका छन् -तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी ! पर्सि हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् ? कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर ? तँ अगाडि किन गइस् मलाई छाडेर ? म एक्लै के गरौं, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौंला नि ! यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।
यही माघ १३ मा हुने आफ्नो विवाहको निम्ता साथिहरुलाई बाँडन हिड्दै थिईन उनी। जीवनमा एक पटक हुने विवाहका लागि उनी खुसी थिइन। तर विवाहको मिति नजिकिंदै गर्दा उनले यस संसार छाडिन। अहिले उनको घरपरिवार तथा सबै जना दुखि भएका छन् । दैवको लिलाको अगाडी कसको के नै लाग्दो रहेछ र ।
प्रतिक्रिया दिनुहोस्