प्रहरीको गोली प्रहारबाट मृत्यु भएका गुरागाईलाई सरकारले गर्यो सहिद घोषणा
काठमाडौं, माघ ९ । सरकारले प्रहरीको गोली प्रहारबाट मृत्यु भएका नेत्रप्रसाद गुरागाईलाई सहिद घोषणा गरेको छ ।
तेह्रथुम जिल्लामा कम्युनिस्ट पार्टीको सदस्यको रूपमा गतिविधि सञ्चालन गर्ने क्रममा समातिएका उनको २०१९ कात्तिक २९ गते प्रहरीको गाली प्रहारबाट मारिएका थिए ।
उनले योगदानको कदर गर्दै सहिद घोषणा गर्ने निर्णय गरिएको बिहीबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्