माओवादी केन्द्रको प्यानल सहित विजयी सुरुवात

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.११ मा माओवादी केन्द्रलले विजयी सुरुवात गरेको छ ।

गणेशमानमा माओवादी केन्द्रका सत्यनारायण कुँवरले २०८ प्राप्त गरी प्यानल सहित बिजयी भएका हुन् ।
काँग्रेसका वाडाध्यक्ष उम्मेदवार वाडाध्यक्ष विन्देश्वर अमात्य १२९ मत ल्याई दोश्रो र संघीय समाजवादी फोरमका वडाध्यक्ष उम्मेदवार जय कुमार यादव ९४ मत ल्याई तेश्रो स्थानमा रहेका छन् ।

वडा नम्बर ११ मा ८ सय ३९ मतदाता रहेकोमा ६ सय ६२ मत खसेको थियो । मतगणना सकिँदा माओवादी केन्द्र १९४ र उप मेयर २०६ , संघीय समाजवादी फोरमले मेयर १५८ र उपमयेर १२० र नेपाली काँग्रेसले मेयर १२० र उपमेयर १२१ मत प्राप्त गरेको निर्वाचन अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्