स्कुल बस दुर्घटना : सहचालकको मृत्यु, ११ विद्यार्थी घाइते

काठमाडौं, माघ ९ । विराटनगरमा रहेको लर्डबुद्ध स्कुलको बस दुर्घटना हुँदा सहचालकको मृत्युु भएको छ । रंगेलीबाट विद्यार्थी बोकेर विराटनगर गएको मे १ ख १४९० नम्बरको बस आज बिहान ६.३० बजे रामचोकमा दुर्घटना भएको हो ।बस अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा विराटनगर १५ बस्ने वर्ष ३२ का सोही बसका सहचालक सानू साहको मृत्यु भएको छ भने बसमा सवार ११ जना विद्यार्थी घाइते भएके रंगेली प्रहरीले जनाएको छ । उनीहरुको विराटनगरमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्