माग्ने बुढाले चिट काट्ने ट्राफिक प्रहरीलाई जब अंकमाल गरे..
काठमाडौं , माघ ९ । महिला प्रहरी रमिता र गायिका आस्था राउतको प्रकरणले मिडिया तातेको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका ट्राफिक प्रहरी जवान सन्तोष चौधरी कलाकार भनेपछि केही सशंकित थिए ।
बुधबार दिउँसो आफूलाई कार्यालयमा हास्यब्यंग्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ भेट्न आउँदा उनी शंसकित भए ।
आफ्नै हाकिमको कोठामा चर्चित कलाकारले बोलाउँदा उनी डराउनु स्वभाविकै हो । किनकी सोमबार विहान मात्र सन्ताषले केदार घिमिरेको कारको ब्लु बुक लिएर चिट काटेका थिए ।
केदार घिमिरेले अब के भन्छन भन्ने एक किसिमको बेचैनमा सन्तोष थिए । उनलाई एक्कासी यी कलाकारले जब अंकमाल गरे । त्यतिबेला सन्तोष छक्क परे ।
घिमिरेले चिट काटेकोमा धन्यवाद भाइ भन्दै सन्तोषको कामको प्रशंसा उनकै हाकिमका अगाडी गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्