धादिङमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, अर्काे गम्भिर

धादिङ, ८ माघ । धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ने एक गम्भिर घाईते भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् । तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा गम्भिर घाइेत भएको अर्का रविन तामाङको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलका अनुसार गएराति ७ बजेतिर घटना भएको जानकार दिए । प्रहरीका अनुसार दार्खामा गुराँस युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसक्रममा रेफ्रीसँग झगडा हुँदा कुटाकुट भएको थियो । यद्यपि, विवादको कारण यो मात्र नभएको प्रहरी आशंका छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा रेफ्री रोशन तामाङ र उनका भाइ रामलाई पक्राउ गरेर हिरासतमा लिएको छ । झडपमा रड, फलाम लगायतका वस्तु प्रहार गरिएको प्रत्यक्षदर्शीले प्रहरुलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्