एक लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ नुवाकोटमा महायज्ञ गरिदै
पार्वती पाठक- काठमाण्डौ , माघ ८ । नुवाकोट जिल्लामा महायज्ञ सञ्चालन गरिने भएको छ । एक लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ महायज्ञ सञ्चालन गरिने बताएको छ ।
वसन्त पञ्चमीका अवसरमा नुवाकोटको शिवपुरी र पञ्चकन्या गाउँपालिकामा अवस्थित त्रिवेणि धामको प्रचारप्रसार र पूर्वाधार विकास तथा नेपाल भ्रमण २०२० लाई लक्षित गर्दै श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको बुधबार काठमाण्डौको रिपोर्टस क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । महायज्ञ यहि माघ १६ गते देखि २४ गते सम्म संञ्चालन गरिने जनाएको छ ।
नुवाकोटको शिबपुरी ६ ,७ र पंचकन्या गाउपालीकको ५ मा पर्ने त्रिबेणी धाममा आगामी माघ १६ गतेबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७६ को आयोजना हुने भएको छ । महायज्ञमा हिन्दुका साथ–साथै बौद्ध धर्म गुरुद्धारा समेत विशेष प्रवचन हुने भएको छ ।
भागवतमा कथा बाचन बिश्व बिख्यात कथाबाचक बाल ब्यास बिभूति श्री इश्वरकृष्ण महाराजबाट हुने भएको छ । भागबतमा हिन्दु धर्ममा मात्र पाठपरायण तथा कथावाचन नभएर बौद्ध गुरु खेम्पो कमल भण्डारीबाट बाट पनि प्रबचन हुने आयोजकले बताएको छ ।
आयोजित पत्रकार सम्मेलन गर्दै शिवपुरी गाउपालीकाका अध्यक्ष रामकृष्ण थापाले धार्मिक महत्व बोकेको त्रिबेणीधामको बिकाशको लागी भागबतको आयोजना गरेको बताए ।
उनले उक्त मन्दिर संरक्षणको लागि गाउँपालिकाले ५ लाख रुपैया समेत बिनियोजन गरेको बताए । उनले उक्त स्थानमा धार्मिक सहिष्सुणतालाई कायम गर्न बुद्धको मूर्ति स्थापना गर्ने , ध्यान केन्द्र निमार्ण गर्ने , धार्मिक पुस्तकालयको स्थापना गर्ने, जेष्ठ नागरिक आश्रम बनाउने लगाएतका योजना रहेको बताए ।
आयोजकका अनुसार माघ १५ गते मोटर साइकल र्याली , १६ गतमाघ ११ सय कलश यात्रा तथा ११ सय कन्यापुजन गरिने , प्रत्येक दिन तुलादान, प्रत्येक दिन पुजापाठ , हवन भजन किर्तन गरिने र माघ २४ गते तिल अपर्ण गरिने कार्यक्रम रहेको प्रचारप्रसार समितीका संयोजक तथा त्रिबेणीधाम सुधार समितीका उपाध्यक्ष राम चन्द्र पाठकले बताए ।
कार्यक्रममा महायज्ञका प्रमुख कथावाचन श्री इश्वरकृष्ण महाराजले कार्यक्रम र नेपल भ्रमण वर्षलाई सफल र भव्य बनाउन सबैमा अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्