नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी, ६ सयका लागि खुल्यो रोजगारी

काठमाडौं, माघ ८ । नेपाली सेनाले ठूलो संख्यामा प्राविधिक कर्मचारी माग गरेको छ। फ्लोअर्सदेखि प्राविधिक अधिकृतसम्म गरी सेनाले कूल ५ सय ७८ पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले रिक्त पदका लागि दरखास्त आह्वान गरेकामा खुलातर्फ ३ सय ९ र समावेशीतर्फ २ सय ६९ पद रहेका छन्।
सेनाले ७ जना लेखा उपसेनानी, ७ जना प्राविधिक उपसेनानी डाक्टर (एमबिबिएस), ६ जना उपसेनानी पाइलट, सहायक पण्डित २४ जना (हुद्दा) मागेको छ।

यस्तै, सेनाले प्राविधिक उपसेनानी अकुपेसनल थेरापिस्ट, प्राविधिक उपसेनानी डिस्प्याचर, प्राध्यापक उपसेनानी एयर ट्राफिक कन्ट्रोलर, प्राविधिक उपसेनानी ब्रास, प्राध्यापक उपसेनानी पाश्र्व संगीत, प्राध्यापक उपसेनानी अर्केस्ट्रा, प्राध्यापक उपसेनानी फोटोग्राफर(छांयाकन पदमा एक–एक जना र प्राध्यापक उपसेनानी लाइब्रेरियन पदमा एकजना माग गरेको छ ।

सेनाले सबैभन्दा बढी अमलदार कर्मचारी माग गरेको छ। मंगलबार नेपाली सेनाको कार्यरथी विभागले खुलाएको नयाँ भर्नामा १ सय २६ जना अमलदार कर्मचारी मागिएको छ। यस्तै, भेहिकल मेकानिक्स ९९ जना, रेडियो मेकानिक्स ११ जना, मेकानिकल १४ जना, आरमोरर ४८ जना, ब्यान्ड १८ जना, सैन्य मेडिकल ४० जना, सैन्य खेलाडी ४० जना, सैन्य ड्राइभर ४० जना पनि सेनाले मागेको छ।

भर्ना खुलाइएका पदका लागि दरखास्त दिन चाहनेले देशका २४ स्थानमा दरखास्त बुझाउनसक्ने सेनाले जनाएको छ।

इच्छुकले सेनाका सबै पृतनाहरू– पूर्वी पृतना मुख्यालय इटहरी, मध्य पूर्वी पृतना मुख्यालय धनुषा, मध्य पृतना मुख्यालय हेटौंडा, उपत्यका पृतना मुख्यालय नारायणहिटी, पश्चिम पृतना मुख्यालय पोखरा, मध्य पश्चिम पृतना मुख्यालय रुपन्देही, उत्तर पश्चिम पृतना मुख्यालय सुर्खेत, सुदुरपश्चिम पृतना मुख्यालय दीपायलमा दरखास्त फारम लिन र बुझाउन सक्नेछन्।

यस्तै, २ नं. वाहिनी अड्डा धनकुटा, २१ नं. वाहिनी अड्डा झापा, ९ नं. वाहिनी अड्डा सिन्धुली, २७ नंं. वाहिनी अड्डा सिरहा, ६ नंं. वाहिनी अड्डा बैरेनी, ७ नंं. वाहिनी अड्डा भर्ना केन्द्र चितवन, २८ नंं. वाहिनी अड्डा बारा, विष्णुदल गण धुलिखेल, ३ नंं. वाहिनी अड्डा तनहुँ, २३ नंं. वाहिनी अड्डा बाग्लुङ, १९ नंं. वाहिनी अड्डा दाङ, सबुज गण सल्यान, ४ नंं. वाहिनी अड्डा नेपालगन्ज, २४ नंं. बाहिनी अड्डा जुम्ला, ५ नंं. वाहिनी अड्डा तेघरी कैलाली र २५ नंं. वाहिनी अड्डा महेन्द्रनगर कञ्चनपुरमा दरखास्त फारम लिन र बुझाउन सकिने सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्