कांग्रेस बैठक भोलि, चुनावी परिणामबारे समीक्षा नहुने

काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय समितिको बैठकका लागि गुटगत तयारी भइरहेको छ । भोलि स्ने बैठकन लागि आज दिनभरी नेताहरु छलफल गर्नेछन् । तर, बैठकमा देउवा चुनावी एजेण्डा छलेर अरु विषयमा केन्द्रित गर्ने तयारीमा छन् । चुनावपछि पहिलो पटक बसेकाले पराजयको समिक्षा गर्नुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग छ ।   देउवाले चौतर्फी दबाबपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

निर्वाचनमा पार्टी पराजयको समीक्षाका लागि तत्काल बैठक बोलाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीभित्रकै युवा नेताहरूले देउवालाई दबाब दिँदै आएका थिए ।

निर्वाचनपछि पहिलोपटक बैठक बोलाइएको हो । निर्वाचनको समीक्षाका लागि बैठक बोलाउन दबाब परे पनि सभापति देउवानिकट नेताहरूले माघ ४ को बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी एजेन्डामा मात्रै छलफल हुने बताएका छन् ।

‘समीक्षा बैठक पछि छुट्टै बस्छ, ४ गतेको बैठकमा राष्ट्रिय सभा निर्वाचनका विषयमा मात्रै छलफल हुन्छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माघ ४ को बैठक लामो समय नजाने संकेत गरे । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षाको विषय पनि प्रवेश हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्