विमानस्थलमा खटिएका प्रहरीलाई डिआइजीले दिए यस्तो निर्देशन
काठमाडौं, माघ ५ । काठमाडौं, माघ ५ । पछिल्लो समय प्रहरी तथा सुरक्षा निकाय विवादमा आउने गरेको छ ।बेलाबखत प्रहरी विभन्न विषयमा मुछिने गरेका छन् । भर्खेरै मात्र गत बुधबार गायिका आस्था राउतले त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि अहिले यो चर्चाको विषय बनेकोछ ।
सामाजिक सञ्जाल तथा अन्य मिडयामा यहि कुराले स्थान पाएको छ । प्रहरी मेरो साथि भन्ने नारा छ तर कतिपय ठाउँमा नभएको जनताले महशुस गर्दै पनि आएका हुन्छन् ।
व्यवहार, बोली, बचनमा कहीँ उनीहरु कसहिले काहीँ चुक्ने गर्दछन् र यसरी उनका जनताको भरोस पनि टुट्ने गर्दछ । यसेबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतामा विशेष ख्याल गर्न निर्देशन दिएका छन्।
आइतबार विमानस्थल सुरक्षा कार्यालयको निरीक्षणमा गएका पोखरेलले जनताको मानवअधिकारको संरक्षण गर्दै सुरक्षा र चेकजाँचमा ध्यान दिन निर्देशन दिएका हुन्।उनले व्यवहार, बोली, बचनमा कहीँ कतै नचुक्न र नझुक्न निर्देशन दिदैँ भनेका छन्े, ‘तपाईंहरूको बोली, बचन र व्यवहार राज्य संयन्त्रको सक्रियताको प्रतिबिम्ब हो। यसलाई ख्याल राख्नू।’
निरीक्षणमा रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली र किरण बज्राचार्ज पनि सहभागी रहेका थिए।
प्रतिक्रिया दिनुहोस्