बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौंमा , यस्तो छ भ्रमण तालीका

काठमाडौं , माघ ५ । राजकुमारी अस्त्रिद काठमाडौं आइपुगेकी छिन् । आफ्नो एक साता लामो भ्रमणका लागि बेल्जियमका राजा फिलिपकी बहिनी अस्त्रिद काठमाडौं आइपुगेकी हुन्।

राजकुमारी अस्त्रिदलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन् ।
नेपाल बसाइँका क्रममा राजकुमारी अस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजकुमारी अस्त्रिद बारुदी सुरुङविरुद्धको अभियानमा पनि सक्रिय छिन् । नेपाल भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते फर्कनेछिन् ।

साथै उनले राजकुमारीे कैलाली, नवलपरासी र चितवन पनि पुग्ने पनि मन्त्रालयले जनाएको छ । कैलालीमा उनले एक नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका बिरामीलाई भेट्ने कार्यक्रम तय भएको छ । यस्तै उनले नवलपरासीको मध्यविन्दु अस्पतालमा पनि क्षयरोगका बिरामीलाई भेट्ने छिन् ।

यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्