पोखरामा २६ वर्षीया एक महिलाले जन्माइन् चम्ल्याहा शिशु
काठमाडौं , माघ २ । सुन्दा तपाइलाई अच्चम लाग्न सक्छ पोखरामा एक महिलाले जन्माइन् चम्ल्याहा शिशु जन्माएकी छन् । पोखराको मनिपाल शिक्षण अस्पतालमा ति महिलालाले चम्ल्याहा शिशु जन्माएकी हुन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो ।
७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको थियो । चारै शिशु करीब डेढ केजीका रहेका छन् । पहिलो बच्चा छोरी (तौल १.६ किग्रा), दोश्रो छोरा (१.३ किग्रा), तेश्रो छोरी (१.३ किग्रा), चौथो छोरी (१.४ किग्रा) रहेका छन् ।
भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको तर शल्यक्रिया गर्दा चारवटा भेटिएको डा पाण्डेले जानकारी दिए । चारैजना शिशु र आमाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्