जुम्लामा फेरि हिमपात , हिउँले जनजीवन प्रभावित
काठमाडौं, माग २ । काठमाडौं लगाएत देशभर आज मौसम बदली भएको छ । मौसम बदली भएसँगै देशभर चिसोले जनजिवन प्रभावित भएको छ । हिमाली तथा पहाडी भेगमा हिमपात तथा पानि पनि परेको छ ।
यस्तै जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो ।लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।
चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक पटक सूचनासमेत जारी गर्दै आएको छ ।
चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् ।
अस्पतालमा रुघाखोकीका बिरामी बढेका कर्णाली स्वास्थ्य विज्ञान प्रनितष्ठान शिक्षण अस्पतालका डा अर्जुन तिवारीले जानकारी दिए ।जुम्लाको तापक्रम भने घट्दै गएको यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । बिहीबारको न्यूनतम तापक्रम ०.७ डिग्री रहेको छ ।
मौसम सफापछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ । गत पुस १ गते जुम्लाको तापक्रम माइनस ७.२ डिग्री सेल्सेस भएको थियो ।
प्रतिक्रिया दिनुहोस्