ललितपुरबाट विप्लवका सेक्रेटरी तथा पूर्वइन्चार्ज पक्राउ

काठमाडौं, माघ १ । ललितपुरबाट विप्लवका दुई नेता पक्राउ परेका छन् । बुधबार दिउँसो विप्लव नेतृत्व नेकपाका दुई जना जिल्लास्तरीय नेता पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान पक्राउ परेका ललितपुरका डिएसपी सन्तोष तामाङले जनाकारी दिए ।

उनीहरूलाई ललितपुरको तिखिदेवलबाट पक्राउ गरिएको पनि उनले बताए । लितपुरस्थित एनसेल टावरमा क्षति र्पुयाएको आरोपमा उनीहरू पक्राउ परको बताएको छ । ।

पिप्लवले देशका विभन्न ठाउँमा रहेका एनसेलका टावरमा अगजनी गरिरहेको छ । यसप्रति प्राधिकरणले आपत्ति समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्