आउँदो दसैं-तिहार २५ दिन पर धकेलियो, अर्को साल बिहे गर्ने सोच्दै हुनुहुन्छ ? लगन कति छ ? (हेर्नुहोस्)

 

काठमाण्डौ, माघ १ । विक्रम संवत् २०७७ को दसैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाड करिब एक महिना धकेलिएको हो। पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए ।

व्रतबन्धको साइत जम्मा ५ दिन मात्रै परेको छ । पञ्चांग निर्णायक समितिले निर्णयगरेअनुसार २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। तिहार कात्तिक २८ गते सुरु हुनेछ ।

विवाहाको लगन कति छ ?

आउँदो वर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ। २०७६ सालमा करिब विवाहको लगन ३० दिन परेको थियो ।

आगामी वर्षको नयाँ पात्रो अनुसार मंसिरसम्म मात्रै बिबाहको लगन परेका कारण लगन हेरर बिबाह गर्नेहरुका लागि मंसिरसम्म मात्रै समय रहेको छ ।

असोजमा मलमास परेको र मंसिरपछि वृहस्पति र शुक्र अस्ताउने भएकाले माघ र फागुनमा विवाहको लगन रहेको छैन । नेपाली समाजमा मलमासमा विवाह, व्रतबन्ध, अन्नप्रशान लगायत शुभ काम गर्न नहुने धार्मिक विश्वास रहेको छ ।
आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो ।

आगामी वर्षमा जम्मा १८ दिन मात्र साइत रहेकोमा वैशाखमा ७ वटा, जेठ र मंसिरमा ४र४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन रहेको छ । वैशाख १३, १४, १९, २०, २२, २३ र २५ गते, जेठ ४, ५, १० र ३१ गते, असार ११, १३ र १४ गते तथा मंसिर १६, २१, २२ र २६ गते मात्र विवाहको लागि साइत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्