तनावलाई कम गर्न योग आवश्यकः परराष्ट्रमन्त्री
काठमाडौं , माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताएका छन् । राष्ट्रिय योग मूल समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपनमा समेत जोड दिदैँ आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका लागि योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएकोे बताए ।
उनले निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उनको भनाइ थियो ।
पछिल्लो समय नेपालमा योग ध्यान गर्नेको संख्या पयिन बढेको छ । विभन्न तनाव चिन्ताले ग्रस्त मानिस प्रार्य योग र ध्यानमा ध्यान दिन थालेका छन् । यसो गर्दा स्वास्थ्य मा केहि सहजता भने पक्कै मिल्नेमा योग गर्नैहरुको भनाइ रहदैँ आएको छ ।
प्रतिक्रिया दिनुहोस्