नेपाल टेलिकमको ५५ प्रतिशत नगद लाभांश वितरण सुरु

काठमाडौ । नेपाल टेलिकमले गत बर्षको नाफाबाट वितरण गरेको ५५ प्रतिशत नगद लाभांश माघ २ गते मंगलबारदेखि वितरण थालेको छ । टेलिकमले बाँडेको कुल ८ अर्ब २५ करोड रुपैयाँ लाभांशमध्ये ७ अर्ब ५४ करोड ७९ लाख २५ हजार रुपैयाँ सरकारको स्वामित्व र बांकी अन्य लगानीकर्तालाई ७० करोड २० लाख ७५ हजार रुपैयाँको लाभांश वितरण थालेको हो ।

पुस ३० गते आइतबार सम्पन्न दशौं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्फत सेयरधनीहरूकै बैंक खातामा लाभांश वितरण गर्ने टेलिकमले जनाएको छ । यसका लागि सेयरधनीले हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराउनुपर्नेछ । हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका शेरधनीले लाभांश पाउन सेयर डिम्याट गरेर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र प्राप्त गर्न सक्नेछन् ।

पुस ११ गतेसम्म हितग्राही खातामामा बैंक खाता अद्यावधिक गराइसकेका तथा विगतमा एनएमबि बैंकबाट बैंक खातामा लाभांश प्राप्त गर्न निवेदन दिएका सेयरधनीहरुको खातामा भने टेलिकमले उनिहरूकै बैंक खातामा नगद लाभांश वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्