दिल्लीबाट चोरी गररे ल्याएको १ करोडसहित कैलालीबाट तीन पक्राउ

काठमाडौं , पुस २९ । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको ६५ लाख भारतीय रुपैयासहित तीनजना कैलालीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा छन् । जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।

चारतबाट ल्याएको रुपैयाँ जसको नेपाली रुपैयाँ १ करोड २ लाख बढी हुन आउँछ ।यस्तै उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए ।

कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार चोरीएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो । बरामद रकम कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्