गुड्दागुड्दै गरेको बस सडकमा भासिँयो, ६ जनाको मृत्यु
काठमाडौं, पुस २९ । गुड्दै गरेको बस खाल्डोमा पर्दा चीनमा ६ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
तीब्र गतिको विकाससँगै चीनमा देखा परेको अप्ठेरोका कारण कहिलेकाहीं यस्ता घटना हुने गरेका छन् । लाइमस्टोन भएको स्थानमा भित्रि भागमा खोक्रो हुँदा यस्ता घटना हुने गरेको जनाइएको छ ।
पछिल्लो घटना सोमबार साँझ क्विन्घाइ प्रान्तको राजधानी सिन्जिङ्गमा भएको थियो । सीसीटीभी फुटेजमा खाइएअनुसार घटनाका क्रममा मानिसहरू बाटोमा बस कुरेर बसिरहेका थिए । त्यही बेलामा सडकमा परेको खाल्डोमा बस छिरेको हो ।
प्रतिक्रिया दिनुहोस्