हवाई आक्रमण जारी, बालबालिकासहित सातको मृत्यु

काठमाडौं, २८ पुस । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध सेनाले हवाइ आक्रमण गरेको स जनाइएको छ ।सो आक्रमणमा परी कम्तीमा सात जना सर्वसाधारण मारिएका सोमबार बिहान प्राप्त समाचारमा जनाइएको छ । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् ।

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ ले उक्त इद्लिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।

उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

वर्षौदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्