सिटिजन्स म्युचुअल फन्डको इकाई बिक्री खुला

काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ ले मंगलबारदेखि १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गरेको छ । फन्डले प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाई बिक्री गर्न लागेको हो । कुल इकाईमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री हुनेछ । इकाई बिक्री माघ ७ गते बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्