उडे प्रधानसेनापति बंगलादेश भ्रमणमा, किन गएत ?
काठमाडौं, पुस २६ । प्रधानसेनापति पूर्णचन्द्र थापा आज बंगलादेश प्रस्थान गरेका छन्। बंगलादेश सेना प्रमुख अजिज अमेदको औपचारिक निमन्त्रणामा उनीसहित ७ सदस्यीय भ्रमण टोली त्यसतर्फ प्रस्थान गरेको हो।
सेनापति थापाले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्ता गर्नेछन्। बंगलादेशका ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम छ।
माघ १ गते उनी स्वदेश फर्किने छन्। उक्त भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विदायी गरे। उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति थियो।















प्रतिक्रिया दिनुहोस्