ललितपुरका लेखा अधिकृत २२ हजार घुससहित पक्राउ

काठमाडौं, पुस २७ । ललितपुरका लेखा अधिकृत २२ हजार घुससहित पक्राउ परेका छनु।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय प्रदेश नं. ३ ललितपुरका लेखा अधिकृतलाई २२ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

शुक्रबार टंगालबाट खटिएको आयोगको टोलीले लेखा अधिकृत बिष्णुहरी पुडासैनीलाई २२ हजार घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

उनले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौतामा काम हुँदै गर्दा मोविलाइजेसन पेस्की लिन आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगले अनुसन्धान थालेको थियो।

सोही अनुसन्धानमा पुडासैनीलाई आयोगको टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट पक्राउ हो ।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्