‘आमाबाबुले बन्धक बनाएका १३ जनाको उद्धार’

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया स्थित सार्न बर्नाडिनो नजिकको पेरिस नगरमा बन्धक बनाइएका बालबालिकासहित एउटै परिवारका १३ जनालाई प्रहरीले उद्धार गरेको छ ।

उद्धार गरिएकामा २ देखि २९ बर्ष उमेर समुहका रहेका छन् जसमध्ये ७ जना १८ देखि २९ बर्षका वयस्क पनि रहेको बीबीसीले उल्लेख गरेखको छ । पीडितमध्येकी भाग्न सफलएक किशोरीले आकस्मिक सेवा केन्द्रमा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदी बहिनीलाई अभिभावकले नै बन्धक बनाएको जानकारी गराएकी थिइन् ।

उनीहरुलाई फोहोर र दुर्गन्ध आउने कोठामा सिक्रीले बाँधेर राखिएको पाइएको थियो । उनीहरु निकै फोहोरी र कुपोषित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुका बुबा ५७ वर्षीय डेविड टर्पिन र आमा ४९ वर्षीया लुइस टर्पिनलाई प्रहरीले पक्राउ गरी यातना र बालबालिकालाई जोखिममा पारेको अभियोग लगाएको छ । बालबालिकासहितका पीडितलाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्