मिडिया स्वतन्त्र भए मात्रै देशमा लोकतन्त्र बलियो हुन्छ : पूर्वराष्ट्रपति यादव
काठमाडौं, पुस २६ । पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएमात्रै देशमा लोकतन्त्र बलियो हुने बताएका छन् । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुने उल्लेख गरे ।
विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ रहेको थियो ।
साथै उनले देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र सङ्घीयसभामा रहेको उल्लखे गरे ।
तीन तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या सङ्घीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने सुझाव समेत दिए ।
प्रतिक्रिया दिनुहोस्