कैदी छुटाइदिने भन्दै रकम ठगी , समातिए कांग्रेसका युवा नेता
काठमाडौं, पुस २६ । कारागारमा रहेका कैदीलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाइदिने भन्दै पैसा असुलेर ठगीगरेको आरोपमा केन्द्रीय बाल संजाल उदयपुरका निर्वतमान अध्यक्ष सुरेश गुप्ता र सचिव रुपेश दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्ता उदयपुरका जिल्ला नेता हुन्। हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाइदिने भन्दै शेर्पाका अभिभावकलाई ललाई फकाई विश्वास दिलाई झुक्यानमा पारी पैसा ठगी गरेको आरोपमा गुप्ता र दनुवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
उनीहरुले एक लाख लाग्ने भन्दै शेर्पाका अभिभावकलाई प्रलोभनमा पारेका थिए ।यति सम्मकी १० हजार रुपैयाँ अग्रिम बुझेका थिए। तर रकम लिए पनि शेर्पा प्रहरी हिरासतमा रहेको तथा जिल्ला प्रशासन कार्यालय उदयपुरमा मुद्दा चालु अवस्थामै रहनेगरी करिव ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि उनीहरुको कर्तुत बाहिर आएको हो। उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्