२३ वटा सार्वजनिक यातायातमा समितिको छड्के अनुगमन

काठमाडौँ , पुस २५ । सुन्धारामा सार्वजनिक यातायातमा छड्के अनुगमन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरूले सार्वजनिक यातायातहरुमा छड्के अनुगमन गरेका हुन् ।

टोलीले शुक्रबार भाडाका २३ वटा सार्वजनिक सवारी साधनहरुमा अनुगमन गरेको ट्राफिक महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।

अनुगमनका क्रममा अनुगमन टोलीले भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई १८ बुँदे सुझाव दिएका छन् ।

सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्या्दित र यात्रुमैत्री बनाउनका लागि सवारी चालकको महत्वपूर्ण भूमिका रहने भएकोले चालकहरुले ती सुझावहरु गर्न जरुरी रहेको एसएसपी ढकालले बताए ।

सवारी दुर्घटना न्युनिकरण र सहज ट्राफिक व्यबस्थापनका लागि चालकहरु व्यवसायीक, अनुशासित र दक्षताका साथ आफूलाई उदाहरणीय बनाउँदै चालकहरुप्रति सर्वसाधरणको विश्वास वृद्धि गर्न सुझाव दिइएको छ ।

यसअघि एसएसपी ढकालले गत पुस १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा सादा पोसाकमा समेत अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्