४ लाख नेपाली नक्कली नोटसहित ४ पक्राउ

काठमाडौं, पुस २४ । प्रहरीको केन्द्रीय अनुस्न्धान ब्यूरो सिअआइबीले ४ लाख १३ हजार नेपाली नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–७ का २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकी, काभ्रेको पाँचखा नगरपालिका–१३ का ३२ वर्षीय बलबहादुर रानामगर, डोटीको पूर्वी चौकी गाउँपाकिला–३ का २४ वर्षीय अर्यान खड्का, घनकुटाको छत्र जोरपाटी गाउँपालिका–३ का ३६ वर्षीय छत्रबहादुर लिम्बू रहेका छन्।

गंगबुबाट पक्राउ परेका बुढाथोकीबाट प्रहरीले २ लाख ९८ हजार नक्कली नोट बरामद गरेको थियो । नककली नोट बजार पु¥याउने मुख्य व्यक्ति भएको प्रहरीले जनाएको छ।

यसै गरि पक्राउ परेका अर्का बलबहादुर भने जाी नोट बनाउनेका मुख्य व्यक्ति भएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ९० हजार नक्कली नोट, फोटोकपी मेसिन, सिपियू बरामद गरेको छ।

आर्यन भने जाली नोट डिआइन कर्ता भएको पाइएको छ । उनको साथबाट प्रहरीले २५ हजार नक्कली नोट बरामद गरेको थियो। छत्रबहादुर भने जाली नोट बजारमा र्पुयाउने व्यक्ति भएको पाइएको छ।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार मुद्रासम्बन्धी कसुरमा ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्