काठमाडौंबाट गुण्डागर्दीमा संलग्न २ जना नाइके पक्राउ

काठमाडौं, पुस २४ । काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुण्डा नाइकेहरु देवेन्द्र घर्तीमगर र सुजन पौडेल रहेको प्रहरीलेृ जनाएको छ । विभिन्न व्यापारी तथा व्यक्तिलाई हातहतियार देखाई जबरजस्ती असुली गर्दै आएका उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये बाग्लुङको ढोरपाटन घर भएका देवेन्द्र बहादुर घर्तीमगरले २०६४ गुण्डा नाइके रमेश बाहुनलाई गोली हानी घाइते बनाएका थिए । देवेन्द्रले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगको मुद्दामा ४ वर्ष कैद सजाय समेत भुक्तान गरेका थिए ।

यस्तै, धादिङको निलकण्ठ नगरपालिका–३ का सुजन पौडेलले २०७१ सालमा गुण्डा नाइके राधे भण्डारीका कार्यकर्ता काजी शाक्यलाई खुकुरी हानी घाइते बनाएका थिए । उनले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगअन्तर्गत ११ महिना जेल सजाया भुक्तान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्