हुम्लामा तीन दिनदेखि हवाई सेवा ठप्प

काठमाडौं, पुस २४ । हुम्लामा तीन दिनदेखि हवाई सेवा ठप्प रहेको छ । हिमपातका कारण विमानस्थलमा हिउँ जमेको र हावाहुरी चलेका कारण हवाई सेवा ठप्प हुन पुगेको हो ।

हिमपातका कारण चार दिन लगातार बन्दपछि खुलेको हुम्ला जिल्लाको एक मात्र हवाई सेवा मंगलबारबाट हिमपातको कारण पुनस् अवरुद्ध भएको छ।

बिहानैबाट बाक्लो हिमपात हुँदा विमानस्थल सेताम्मे भएको छ। साथै बुधवार बिहानबाट हावाहुरी चलेपछि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएको छ।

बिहानबाटै तारा, समिट र सीता एयरका जहाजहरुले नेपालगंज र सुर्खेतबाट उडान भर्ने तयारी गरेको भएपनि हुम्लामा हिमपात भएपछि हावाहुरी चल्दा उडान हुन सकेको छैन।

सिमकोटबाट नेपालगंज र सुर्खेत झर्न लागेका दुई दर्जन यात्रुहरु सिमकोटमा रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्