सूचना प्रविधि विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाण्डौँ , पुस २४ । सूचना प्रविधि विधेयकको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्म प्रतिकूल रहेको भन्दै प्रदर्शन गरिएको हो ।

विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर दण्डित गर्ने व्यवस्था गरेको भन्दै विरोध भएको हो ।

प्रतिक्रिया दिनुहोस्