उदयपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते
काठमाडौं, पुस २४ । उदयपुरका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना भएको छ । दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा सात जना घाइते रहेको प्रहरीले जनाएको छ।
बुधबार साँझ ५ बजे उदयपुरको गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा त्रियुगा नगरपालिका-७ का २० वर्षीय सीमा दनुवारको मृत्यु भएको छ। उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।
घाइते भएकी २० वर्षीया मन्दिरा बस्नेत, ६० वर्षीय गोविन्द कार्की र ३७ वर्षीया मञ्जु दनुवारको उपचार भइरहेको छ।अटो चालक त्रियुगा नगरपालिका-४ का २८ वर्षीय होमबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ।
बुधबार साँझ पौने ६ बजे उदयपुरको ताप्ली गाउँपालिका-२ धपेनीस्थित भित्री सडक खण्डमा रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे १ ज २६६२ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
ताप्ली गाउँपालिका-२ लेकगाउँका २६ वर्षीय मिलन राई र झापा विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ताप्ली गाउँपालिका-२ लेकगाउँका बाबु राई, रसमाया राई, मोतिलाल राईलाई उपचारका लागि विराटनगर लगिएको छ।
बोलेरो चालक सोही गाउँपालिका-१ ओख्लेका कोमलराज मगरको भने स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्