राष्ट्रपतिद्वारा दुई गैरआवसीय राजदूत नियुक्त

काठमाडौं , पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नेपाली राजदूतलाई नियुक्त गरेकी छन् । उनले अन्य दुई देशको गैरआवासीय राजदूतमा उनीहरुलाई बुधबार नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति भण्डारीले थाइल्याण्डका नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सिंगापुर र अष्ट्रियाका नेपाली राजदूत प्रकाश सुवेदीलाई ग्रीसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्