काठमाडौंको पुरानो वस्तीहरुमा चार पाङग्रे सवारी चलाउन नपाइने

काठमाडौं । काठमाडौंको पुराना वस्तीहरु भएका भित्री सडकमा आजदेखि चार पाङग्रे सवारी साधन संचालन गर्न नपाइने भएको छ । अतिव्यस्त र सांघुरा गल्ली भएको भोटाहिटी तथा असन लगायत क्षेत्रका भित्री बस्तीका सडकमा चार पाङग्रे सवारी साधन संचालन गर्न नपाईने भएको हो ।

पौराणिक तथा क्षेत्र विशेषको मौलिकतालाई बढ्दो सवारी चापले अतिक्रमण गरेको भन्दै काठमाडौ महानगरपालिकाले पुरानो बस्ती भएको भित्री सहरी क्षेत्रका सडकमा चार पाङग्रे सवारी साधन संचालनमा रोक लगाउन जनाएको हो ।

भोटाहिटीदेखि असनसम्मको दुईतर्फी सडक, इन्द्रचोक, भेडासिंह, ज्याठा, महावौद्ध तथा वटुका सडकमा चारपाङ्ग्रे सवारी प्रवेशमा पूर्ण रोक लगाईने भएको छ । नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी रुपमा चारपाङ्ग्रे सवारी लैजान सकिनेछ ।

यसरी एकतर्फी गरिएका अन्य सडकमा टेङ्गालबाट बाङ्गेमुढा, भेडासिंहहुँदै इन्द्रचोकसम्मको सकड, क्षेत्रपाटीबाट ठँहिटी हुँदै नघल बाङ्गेमुढा, भेडासिंहहुँदै इन्द्रचोकसम्मका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्