गुल्मीको एक खाजाघरमा भिषण आगलागी, दुईजना घाइते

काठमाडौं, पुस २३ । गुल्मीको एक खाजा घरमा आगलागी भएको छ । आगलागि हुँदा दुईजना घाइते भएका छन्।

जिल्लाको इश्मा गाउँपालिका-६ राङदलमा रहेको दीपा खाजाघरमा मंगलबार राति आगलागी हुँदा ४४ वर्षीय कृष्ण कुँवर र २८ वर्षीय भोजबहादुर कुमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेको तम्घास अस्पतालमा सामान्य उपचार गरी पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

खाजा घरमा सुकुटी बनाउने गरेकाले सुकुटी सुकाउँदानजिकै रहेको ग्यास सिलिन्डर पड्किदा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए।

प्रतिक्रिया दिनुहोस्