रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते, ३ को अवस्था गम्भिर

काठमाडौं, पुस २३ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको आठबीसकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।

डोल्पाको खदाङबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोट तर्फ जाँदै गरेको ग १ ज ५२०१ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै ७० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

गाडी चालक तिलक विक भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्