इरानद्वारा दुई अमेरिकी सुरक्षा अड्डामा क्षेप्यास्त्र आक्रमण, दुई देशबीच खुल्ला युद्धको खतरा

काठमाडौं, पुस २३ । इरानले इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेको छ । आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको तनाव निकै तनावपूर्ण स्थितिमा पुगेको छ ।
यी तनावले दुई देशबीच खुल्ला युद्धको खतरा बढेको छ । दुई देश सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका शत्रु रहदै आएका छन् ।

इरानले गत शुक्रबार आफ्नो शीर्ष सैन्य कमाण्डरको हत्याको बदलामा अमेरिकी फौज बस्ने ती स्थानमा आक्रमण गरेको बताएको छ । मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ ।

यस अनुमानमाझ इरानले भने आफूविरुद्ध अमेरिकाले कुनै पनि जवाफी कदम उठाएमा इजरायल र दुबई (संयुक्त अरब इमिरेटको राजधानी) मा बमबारी हान्ने चेतावनी दिएको छ । इजरायल र संयुक्त अरब इमिरेट मध्यपूर्व क्षेत्रमा अमेरिकाको नजिकका मित्र शक्ति हुन् ।

मिसाइल आक्रमणपछि इरानले कैयौं लडाकू विमान परिचालन गरेर आफ्नो हवाई आकास निगरानी गरिरहेको छ । सुलमानीको हत्या र इरानी मिसाइल हमलामा धेरै पछि अमेरिका र इरानले छद्म शक्तिको प्रयोग नगरी सिधैं एकअर्कामाथि आक्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्