घूससहित साँखु मालपोतका नासु पक्राउ

काठमाडौं , पुस २२ । घूससहित साँखु मालपोतका नासु पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले काठमाडौं जिल्लाको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेललाई घूससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलिले लेखापढी व्यावसायी श्रीराम सापकोटासँग दृष्टी बन्धकको लिखत पास गरे वापत रू.२ हजार घूस लिँदै गरेको अवस्थामा नासु कुइँकेलसहित सापकोटालाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलिले दुवैजनालाई मालपोत कार्यालय परिसरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई सोमवार नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्