इन्डोनेसियामा शक्तिशाली भूकम्प, स्थानीय वासिन्दा त्रसित
एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्प आएको छ । इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको हो । शक्तिशाली भूकम्प आएपनि कुनै क्षति विवरण प्राप्त भइनसकेको र सुनामी चेतावनीको कुनै सुचना जारी नगरिएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प आएको हो । इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको समाचारमा जनाइएको छ ।
भूकम्पपछि स्थानीय वासिन्दा त्रसित भएका छन् भने भूकम्पको झट्का महसूस गर्ने वित्तिकै स्थानीयवासी घरबाहिर दौडिएका थिए । इन्डोनेसियामा यस्ता भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्