वैदेशिक रोजगारीमा युवाहरु ठगिने क्रम बढ्दो
काठमाडौं, पुस २२ । ५ महिनामा वैदेशिक रोजगारीका नाममा साढे १९ करोड ठगीका उजुरी परेका छन् । पछिल्लो समय सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा विदेसिने युवाहरु ठगिने क्रम बढ्दो छ । तर पनि आकर्षक तलवको लोभ देखाई युवाहरु ठगिने क्रम बढ्दै गएको विभागले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७६र७७ को पहिलो ५ महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा ६ सय ७० वटा उजुरी दर्ता गराएका छन् ।
वैदेशिक रोजगारीको नाममा रोजगारीको खोजीमा रहेका युवालाई एजेन्ट र म्यानपावर कम्पनीले ठुलो रकम ठगिदै आएको छ । विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात म्यानपावर कम्पनीले ठगी गरेको समस्या लिएर दैनिक २० जनासम्म रोजगार पीडित विभाग धाउने गरेका छन् ।
पछिल्लो समय संस्थागत भन्दा व्यक्तिगत ठगिका उजुरी धेरै आउने गरेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्