राहदानीबिनै नेपाल छिर्न खोज्ने पाँच भुटानी पक्राउ

काठमाडौं, पुस २२ । अवैध रूपमा वीरगञ्ज नाका हुँदै नेपाल छिर्न खोज्ने पाँच भुटानी नागरिक पक्राउ परेका छन् । भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार पाँच भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

४० यात्रुमध्ये पाँच जना भुटानी राहदानीबिनै नेपाल प्रवेश गर्न लागेको भेटिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

पक्राउ पर्नेमा ४० वर्षीय कुन्छोक तसोमो, भुटानी नागरिकहरू ६५ वर्षीया डोल्मा तामाङ, ४३ वर्षीय छोदेन तामाङ, १९ वर्षीया छुन्दु लह्मो र ७० वर्षीय ज्ञानबहादुर तामाङ रहेका छन्।

आवश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि उनीहरूलाई अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्