गहनाकै लोभमा दुई बुहारीद्वारा मिलेर सासूको हत्या
काठमाडौं, पुस २२ । पछिल्लो समय नेपालमा हत्या, हिंसा तथा लुटपाटका घटना बढ्दै जना थालेका छन् । विभन्न क्षेत्र तथा जिल्लामा यस्ता घटना बढ्दै जान थालेका छन् । यसैबीच गुल्मीमा गहनाकै लोभमा दुई जना बुहारी मीलेर आफ्नै सासुको हत्या गरेका छन् ।
इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेका अनुसार ७६ वर्षीया कौशीला बिकको हत्या उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर गरेका हुन् । उनीहरुले सुनका गहना लुट्ने योजनाका साथ सासूको हत्या गरेको डीएसपी घलेले बताए ।
पुस १७ गते गोरु फुकेको भन्दै कौशिलालाई गोठमा लिगी दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ । तर, उनीहरुले गोरुले हानेर सासू घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल र्पुयाएका थिए ।
गम्भीर घाइते भएकी कौशीलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको गत १९ गते मृत्यु हुन पुग्यो ।
मृतक कौशीलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको डीएसपी घलले बताए ।उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्