नबिल इन्भेष्टले सुरु ग–यो बिजनेश क्लिनिक

काठमाडौं, २१ पुस । नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले अंग्रेजी नयाँ वर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेस क्लिनिक योजना सञ्चालनमा ल्याएको छ । यसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु लाभान्वित हुनेछन् । बिजनेस क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना अनि समस्याहरुलाई पहिचान गरी समाधान गरिने परामर्श सेवा हो ।

यसमा ग्राहकले नबिल इन्भेष्टमेन्टका लगानी विशेषज्ञहरुद्धारा वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनीकरण र अधिकतम प्रतिफल प्राप्त गर्न सक्नेछन् । यस सेवा अन्तर्गत लगानीकर्ताले निम्न प्रकारका परामर्श सेवा लिन सक्नेछन् । यस सेवा अन्तर्गत देहाय बमोजिमको परामर्श सेवा लिन सकिने व्यहोरा कम्पनीले जानकारी गराएको छ ।
१. ईक्विटी परामर्श
२. लगानी व्यवस्थापन सम्बन्धि परामर्श
३. कर्जा तथा ऋण सम्बन्धि परामर्श
४. पूँजी संरचना सम्बन्धि परामर्श
५. दैनिक कार्यसंचालन पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श
६. व्यापार पुनर्रसंरचना÷पुनर्रगठन सम्बन्धि वित्तीय परामर्श
७. व्यापार÷व्यावसाय विस्तार सम्बन्धि परामर्श
८. व्यापार सुरु गर्ने सम्बन्धि परामर्श
९. सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श
१०. पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श
११. पोर्टफोलियो फेरबदल÷पुनरसंरचना सम्बन्धि परामर्श
१२. शेयर खरिद÷बिक्री गर्ने निर्णय सम्बन्धि परामर्श
१३. निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श ९ँष्हभम च्भतगचल क्ष्लखभकतmभलत ऋयलकगतिबतष्यल०
१४. सम्पत्ति÷धन व्यवस्थापन सम्बन्धि परामर्श
१५. व्यापार रणनीति सम्बन्धि परामर्श
१६. बजारीकरण रणनीति सम्बन्धि परामर्श
यस्तो सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेष्टमेण्ट बैकिङ्गले प्रदान गरेको पाइएको छैन यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग पहिलो संस्था हुन सफल भएको छ । जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरु वा आफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि निकै नै सहयोगी÷फलदायि सिद्ध हुने देखिन्छ ।
यस्तो सेवा सार्वजनिक विदाको दिन वाहेक प्रत्येक शुक्रवार बिहान १० बजे देखि दिनको १ः०० बजेसम्म संचालनमा रहने छ । एक पटक यो सेवा लिन आउँदा रु. १००० को टिकट काट्नु पर्ने र यो टिकटबाट एक महिनासम्मको प्रत्येक शुक्रवार पुनः बिना कुनै शुल्क परामर्श लिन सकिने व्यहोरा कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्