प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाए

काठमाडौं, १३ कार्तिक । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि फुलकोर्ट बैठक बस्ने बताइएको छ ।

पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया इनम सापकोटासँग जोडिएको विवादित विषयमा बैठकमा छलफल हुनेछ ।
न्यायाधीश फुयाँलले सापकोटासँग आफूले मात्र नभएर अन्य न्यायाधीशले पनि सामूहिक भेट गरेको प्रतिक्रिया दिएपछि न्यायालय तरङ्गित छ । यसले आलोचनाको शिकार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्