सप्तऋषि अस्पतालमा एकै दिन ३ शिशुको मृत्यु

काठमाडौं, २१ पुस । लहानस्थित सप्तऋषि अस्पतालमा डाक्टरको लापरबाहीले ३ शिशु ज्यान गुमाएको छ । शल्यक्रियामा संलग्न डाक्टरको लापरबाही गर्दा शिशुको ज्यान गएको पीडितहरूको आरोप छ । शिशुको मृत्युपछि पीडितका आफन्तले चिकित्सकहरुलाई कारबाही माग गरेका छन् ।
शुक्रबार साँझदेखि सुत्केरीलाई व्यथाले च्यापेपछि सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहिया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका थिए । शनिबार बिहानसम्म तीनै जनाको पालैपालो शल्यक्रिया भयो तर कुनै पनि शिशु बाचैको छौ । त्यपश्चा शल्यक्रियामा डाक्टरको लापरबाही भएको शिशुको मृत्यु भएको हो भन्ने वादी गर्दै पीडितका आफन्तको कारवाहीको माग गर्दै आन्दोलन चर्काएका छन् ।

डाक्टर रञ्जिता जयसवालले शल्यक्रिया गरेको अस्पतालका प्रमुख डाक्टर पशुपति चौधरीले जानकारी दिए । उपचारका क्रममा डाक्टरको लापरबाही नदेखिएको उनको दाबी छ । घटनाबारे पीडित परिवारसँग छलफल भइरहेको उनले बताए । ‘बच्चा र सुत्केरी दुवैको अवस्था खराब देखिँदा आमालाई बचाएको अस्पतालले जानकारी गराएको छ,’ इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत थापाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ छानबिनपश्चात् दोषीमाथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । यसरी चिकित्सकको लापरवाहीले शिशुको मृत्यु भएमा उसलाई कारवाही गर्नु पर्ने आफन्तको माग छ ।

प्रतिक्रिया दिनुहोस्