लिबियाको विमानस्थलमा झडपः ९ जनाको मृत्यु

एजेन्सी – लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारीबीच झडप हुँदा ९ जनाको मृत्यु भएको हो ।

जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेको त्यहाका अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली गराइएको थियो । मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना आम नागरिक छन् भन्ने बारेमा खुल्न सकेको छैन ।

केन्द्रीय सरकारका स्वास्थ्य मन्त्रीले फेसबुक मार्फत् ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घटनामा परी घाइते भएकाहरुको संख्याका बारेमा भने स्पष्ट जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्