देशभरका खरका छाना विस्थापित गर्दै सरकार
काठमाडौं, पुस २० । सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा जुट्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छन् ।
खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएका जनताहरूलाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख मुद्दा गरिबी निवारण भएको बताइन् ।
जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको भन्दै मन्त्री अर्यालको नेपालमा १८ प्रतिशत गरिबी रहेको र त्यसको निर्मुल पारिने बताइन् ।
मन्त्री अर्यालले भनिन्, ’सरकार सन् २०३० सम्म नेपालमा गरिबी निर्मुल पार्ने अभियानमा लागेको छ । त्यसैको शुरुआत सुरक्षित जनता आवासका लागि पहिलो किस्ताका ३० हजारको चेक हस्तान्तरण गरेका हौं ।’
खरका छानामा छिटो आगलागी हुने भन्दै यस आर्थिक वर्षमा दुई सय ५० घरपरिवारका खरका छाना विस्थापित गर्ने मन्त्री अर्यालले बताइन्।
प्रतिक्रिया दिनुहोस्