हिरा र सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं, पुस २० । दुई भारतीय नागरिक हिरा र सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

क्लालालम्पुरबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका एक भारतीय नागरिकबाट २ सय २२ ग्राम हिरा बरामद भएको छ।


पक्राउ पर्नेमा तमिलनाडुका साथाथली मोहमद मिदिन र नौसाद कोट्टाकुथ किजाकिजिल छन्। उनीहरु दुबईबाट आएको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले सार्हज विमानबाट आएका अर्का भारतीय नागरिकबाट पाँच सय ९२ ग्राम सुन बरामद गरेको छ। प्रहरीका अनुसार दुवै जनाले मलद्वारमा लुकाएर सुन र हिरा ल्याउँदै थिए।

प्रतिक्रिया दिनुहोस्