कृषि विकास बैंक ह्याकिङका फरार अभियुक्त पक्राउ

काठमाडौं , पुस २० । कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । नाइजेरियन र भारतीय नागरिकसँग मिली नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ भन्दा बढी रकम ह्याक गरी विदेश लैजान सहयोग गरेका थिए । यसकै अभियोगमा मोरङ रंगेली नगरपालिका २ घर भएका नेपाललाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकाली ठगी गरेको घटनामा ह्याकिङ गरी एक करोड रुपैयाँसहित फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका दिपकलाई अपराध महाशाखाले काठमाडौं प्रहरी परिसरमा पठाएको प्रहरीले जनाएको छ ।

कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ ।

नेपालका बैङ्कहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । यसअघि यस प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्